जिप दुर्घटना हुदा दुई जनाको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–१ माडौँलामा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिगास गाउँपालिका–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिगास–१ इराना घर भएकी ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।

उनीहररूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु