लायन्स क्लब अफ हेटौंडा स्मारक द्वारा स्वीटर वितरण

हेटौंडा । लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ को कोथलिटार आधारभुत विद्यालयका १३४ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको छ।

अधिकांश चेपाङ समुदायका बालबालिका अध्ययनरत विद्यालयमा आइतबार स्वीटर वितरण गरिएको हो । लायन्स क्लव हेटौंडा स्मारकका अध्यक्ष अन्जनप्रसाद पौडेलका अनुसार जाडोको समयमा विद्यार्थीलाई चिसोबाट जोगाउन र विद्यालय नियमित आउन सकुन भन्ने उद्देश्यले स्वीटर हस्तान्तरण गरेको बताए ।

कार्यक्रममा लायन्सका डिस्ट्रीक को–चिफ एड्भाइजर प्रल्हाद मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । कमल अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु