केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै छन् । आज एपीएफ क्लब र सङ्कटा तथा मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच खेल हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ र सङ्कटबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेड भिड्ने छन् । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु