लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्ने गृहमन्त्री लेखकको भनाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए । ‘लागुऔषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’

लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए । ‘लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तीतर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरु अपराधको पनि वृद्धि गरेको छ’, उनले भने, ‘समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ । धेरै अपराधको जगमा लागुऔषध छ ।’

लागुऔषधविरुद्धको महाअभियान देशव्यापी रुपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालय स्तरसम्म महाअभियान पुर्‍याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु