आन्तरिक रोजगार प्रवर्द्धन दशक शुभारम्भ

काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५–२०३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम पनि शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त ढंगले रोजगारीको अवसर सिर्जना गर्न र उद्यमशीलतालाई बढाउन सरकार क्रियाशील रहेको बताए ।

सरकारले उपयुक्त ढंगले ‘स्टार्टअप बिजनेस’ सिकाउन नसकेको भन्दै उनले यसतर्फ सरकारको सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु