मोबाईल चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
पश्चिम मकवानपुरको मनहरी–६ नयाँबस्तीमा आफ्नै घरमा मोबाईल चार्ज गर्दा करेन्ट लाग्दा ३१ वर्षका इन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाईते भएका मोक्तानको उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु