मकवानपुरका क्याम्पसहरुमा स्ववियु चुनावको सरगर्मी बढ्यो

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका क्याम्पसहरुमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृपार्टीसम्म पुगेको छ ।

मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस लगायतका अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ । स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न हुँदै छ । यस्तो चुनाव प्रत्येक दुई वर्षको अन्तरालमा हुने गरेको छ ।

चुनावी मैदानमा यहाँका दुइ वटा क्यापसमा भने छुट्टा छुट्टै प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा लगायतका पार्टीका बिद्यार्थी संगठनहरु आफ्ना पक्षमा मत धेरै ल्याउनका लागि दिन रात नभनीकन खटिएको बिद्यार्थीहरुले बताएका छन् ।

एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु