पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको सांसदहरुको भनाई

काठमाडौं । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधा दिन लागिएको भनेर आएको समाचारको विषय संसद्मा पुगेको छ ।
आइतबार बसेको संदस् बैठकमा सांसदहरूले यो विषयलाई चर्कोसँग उठाएका छन् । राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि हट्नुपर्ने पनि बताएका छन् ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरूलाई दिइएको मनोमानी सुविधा पनि रोकिनुपर्ने बताए ।
उनले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव गरेका छन् । उनले अहिलेका विशिष्ट पदाधिकारीहरूको समेत सुविधा घटाउनुपर्ने बताएका छन् ।
उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाए । सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप पनि उनको छ । उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले र बाढी-पहिरो पीडितले पनि राहत नपाएको बताए ।
अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहनुका साथै आर्थिक अवस्था पनि जर्जर रहेको बताए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताए ।