आज केहि प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । देशका केही भूभागका आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्य प्रदेशमा भने आज मौसम आंशिक बदली रहे पनि मुख्यतया सफा रहने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो  ।
कोसी र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरीको सम्भावना रहेको छ । अपराह्नपछि यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेको हो ।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको उनले बताइन् । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु