निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी

हेटौंडा । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुलेले प्यानल सहित जित हासिल गरेको छ ।
कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत सहित विजयी भएका छ्न । त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बने । उनको प्रतिस्पर्धी अखिल समाजवादीकि नविना घलानले ३१ मत ल्याईन ।