होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको प्रथम उपाध्यक्षमा मकवानपुरका निप्पु सर्राफ

हेटौंडा । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल पुन चयन भएका छन । संघको चैत ४ र ५ गते दोलखा मा भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नेपाल दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निप्पु सर्राफ, द्वितिय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरि गोपाल सापकोटा, सहसचिव रामकृष्ण वस्नेत, कोषाध्यक्ष बिनोद लामिछाने, सह–कोषाध्यक्ष ललितजङ्ग सिंह सर्वसम्मत चयन भएका छन ।
यस्तै कार्यसमिति सदस्यहरु रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, होम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बेद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग सर्वसम्मत चयन भएका हुन । अधिवेशनको उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुुख आतिथ्यमा भएको थियो ।