नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्ने सम्झौता
३१ बैशाख , हेटौंडा । नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ । कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडीयन प्रधानमन्त्रीको संयुक्त सहमतिमा हस्ताक्षर भएको हो । दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितीमा उक्त पत्रमा सम्झौतापत्र हस्ताक्षार भएको हो । सो सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडियाका उपाध्यक्ष लिम हेङले हस्ताक्षर गर्नु भएको छ । दुई देशको प्रचलित कानुन र नियमको ढाँचाभित्र बहुपक्षीय व्यापार सम्बन्धको थप विस्तारको दायरामा प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुवैको व्यापरिक समुदायबीच राम्रो सहयोग र समन्वय होस भन्ने उदेश्यले सो सम्झैता गरिएको हो ।
सम्झैता पत्रमा दुई देशबीच आपसी सम्बन्ध सुमधुर पार्नै, व्यापारिक विकास गर्ने , वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रदर्शन गर्ने जस्ता कुराहरु उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया पुग्नुभएको थियो ।
यसअघि उहाँले भियतनामको भ्रमण गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्रा्िष्ट्रय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दुई दिने भ्रमण जानु भएको हो ।