इन्स्टाग्राममा फलोअर्सले मरे हुन्छ भनेपछि किशोरीले गरिन् आत्माहत्या

२ जेठ , हेटौँडा । जीवनमा सकरात्मक परिवर्तन खेल्न समेत सघाउ पुराउने सामाजिक सञ्जालको गलत प्रयोगका कारण कयौँ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै एउटा घटनाका कारण अहिले अनलाईन मिडिया तातिएको छ । समाचारमा जनाइए अनुसार चर्चित फोटो शेयरिङ एप इन्स्टाग्राममा मर्ने कि नमर्ने रु भन्ने विषयमा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छिन् । मलेसियाकी १६ वर्षीया ती किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग आफु मर्दा ठिक हुन्छ कि बाँच्दा ठिक हुन्छ भन्दै मत सर्वेक्षण गरेपश्चात आत्माहत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अचम्मको कुरा त के भने उनका फलोअर्समध्ये मत सर्वेक्षणमा भाग लिएका ६९ प्रतिशत फलोअर्सले उनलाई मर्दा ठिक हुन्छ भन्ने मत दिए । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा यस्तो लेखेकी थिईन्–‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् । उनको आत्माहत्यासँगै उनको इन्स्टाग्राम सर्वेक्षणमा मर्दा ठिक हुन्छ भनेर मत जाहेर गर्ने प्रयोगकर्तामाथि समेत आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही हुनसक्ने सम्भावना बढेको छ । समाचार एजेन्सीहरुमा उक्त किशोरीको नाम भने उल्लेख गरिएको छैन । किशोरीको आत्माहत्या बारे द गार्जियन डटकम वेबसाईटले विस्तृत रिपोर्ट समेत बनाएको छ । उक्त अनलाईनका अनुसार यदि ति किशोरीका फलोअर्सहरुले नमर्ने सल्लाह दिएको भए पनि ती किशोरीले आत्माहत्या गर्ने वा नगर्ने भन्ने कुरामा कुनै ग्यारेन्टी नभएको समेत उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*