जोई कसार हो भने सालीज्यू रसबरी

गोरा र कुईरेको देसा हैन हाम्रो देसमा भुटेको चामलको पिठोमा गुल्यो सुल्यो हालेर बनाएको जिनिसलाई कसार भनेर भन्ने गरिन्छ । सादी ब्या देखि छठ पर्वमा यो कसार भन्ने जिनिस अनिवार्यरुपमा बनाउने गरिन्छ ।
भुरा हुँदा बाहुन साथिहरुको ब्या मा निम्तो मान्न जाँदा टपरीमा एकमुठी च्युरा, एक थान सेलको साथ दाँतनै भाच्ने क्षमता भएको एक डल्लो कसार पाईन्थ्यो जसलाई स्वाद मानेर बजाईने गरिन्थ्यो ।
कसार सम्पन्नताको प्रतिक हो भने कसार बनाएर ख्वाम्न नसक्नेलाइ जोरीपारीले हरिकंगाल अर्थात सुदामाको कोटिमा उभ्याएर ‘सुदामाको सन्तान’ भनेर हेपेर बोल्ने गर्थे ।
कसार भन्दापनि ठुलो जिनिस भनेको ‘रसबरी’ हो । उतिबेला अर्थात हाम्रो पालामा रसबरी खानलाई त्यार आम्नु पर्थ्यो । सुद्ध गाई माते देखि जेम्राज्को पजेरो भूईसि भन्नेको जिनिसबाट ‘रसबरी’ बनाईन्छ ।
जोई र सालीको बखान गर्ने हो भने ३२ लक्षणको जोई भन्दा छुच्ची काली सालीनै आच्छा भन्ने चलन छ । साली भनेको आधि घरवाली रे नि भन्छन । साली भनेको रसबरी हो । जोई भनेको दांत भाच्ने ह्याउ भको ‘कसार’ हो ।
एकजना बाबैको थुप्रै छोरी रच्छन । जेठी छोरी हुँदाहुँदै माईली, साईली, ठाईली, कईली देखि कान्छीको झ्याई पार्ने कुरो पनि भएन । गतिलो सोझो केटा देखेर जेठी छोरीको लगन गाँठो कस्देछन ।
झ्याई भाको केहि दिन पछी द्ल्हन फर्काउने रिति अनुसार पहिलो पटक जोई पछी लाएर ससुराली आए । दिदि भिनाज्यु आए भन्दै सालीको बथानले भिनाज्यु घेरेछन । भर्खर बे गरेको जोई भन्दा साली आच्छा देखेछ ।
हाक्काहाकी भन्न नसकेर सामाजिक संजालमा ‘जब सालीसङ्ग आँखा जुध्यो, तब था भयो झ्याकने ससुरा बुढाले ‘रसबरी’ लुकाएर कसारको डल्लो थमाएछन मलाई’ भनेर गुनासो पोखेछ्न’ । कुरो जायज भए पनि क्यार्नु । यो मंगीको जमानामा दुईटा माला पनि भिर्न सकिन्न । त्यहि माथि बौ ब्या गर्यो भने त नारीवादी सावित्री सुबेदीहरुको बथानले ‘नारि माथि अन्याय भो । बौ ब्या गर्नेको आंसिले काट भनेर रनबन घन्काई दिन्छन । त्यहि माथि उखाने सरकारले झ्यालखाना जाकेर तोरीको फुल नदेखाउला भन्ने के ग्यारेन्टी ।
त्यसैले ……….
जो जसले अहिले आएर साली सम्झिदै गुनासो अर्छन तिनीहरुले अब ‘क्यार्नु हजुर करिमै खोटो परेसी’ भनेर पुर्पुरोमा हात लाएर बस्नु भन्दा अरु के नै बिकल्प भो र ।
हैन त चुरेमाई ?