किन दुख्दैन नङ र कपाल काट्दा ? हेर्नुहोस् यस्तो छ कारण
जेष्ठ १५, २०७६ । हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महशुस गछौं । तर नङ र कपाल काट्दा भने कहिले पनि दुख्दैन । एकछिन सोचौं त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकैछिन सोच्ने हो भने हामीलाई अनौठौ महशुस हुन्छ । शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीलाई नदुखेको हो । कपाल पूरै मृत कोशिकाबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।
नङ काट्दा ख्याल गर्नुभएको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छालासँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महशुस गछौं । यसको अर्थ औलाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात बढेको नङ मात्रै मृत कोशिकाबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।