नेपाल सरकारलाई दाहालको खुलापत्र
श्री सम्माननिय प्रधानमन्त्री ज्यु ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
सिंहदरबार, काठमाडौ
बिषय : ध्यानाकर्षण सम्बन्धमा
महोदय,
अहिले मुलुकमा भारतबाट सिर्जित सिमा समस्याका सन्दर्भमा समस्या समाधानका लागि निम्न बुदाहरुमा काम गर्नको लागि एक नागरिकको हैसियतले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउदछु ।
१० राष्ट्रिय अखण्डतामा, स्वाधीनता एवं सार्वभौमसत्ताको रक्षार्थ सरकारले संयुक्त राष्ट्र संघ, बिमिस्टेक, सार्क जस्ता अन्तर्राष्ट्रिय संघर संगठनमा सिमा विवाद सम्बन्धमा आबस्यक प्रमाण र तथ्य सहित प्रस्तुत हुनपर्छ ।
२० हामी सङ्ग रहेका बैज्ञानिक एवं बिज्ञहरुलाई परिचालित गरि सानो स्केलमा भएपनि नेपालले आफ्नो परमाणु कार्यक्रम सुरु गर्न ढिलो गर्नुहुन्न । सशस्त्र प्रहरी र ८० ५ नेपाली सेना सिमा रक्षाका लागि मात्रै प्रयोग गर्नुपर्छ ।
३० इन्डिया सङ्ग बिबाद नभएका अन्तर्राष्ट्रिय सिमामा तत्काल काडे तार लगाउन पहल गरि बिबादास्पद भुमी फिर्ताको लागि कुटनैतिक बार्ता वा अन्तर्राष्ट्रिय मंचको प्रयोग गर्नुपर्छ । यसकालागी अन्य छिमेकि राष्ट्रहरु सङ्ग अबस्यक छलफल र बार्ता समेत गर्न आबस्यक छ ।
४० हाम्रो भुमिलाइ विवादमा ल्याउन चिनको पनि केही भुमिका स्पट देखिएको हुदा चीनलाई पार्टी र सरकारको दुबै मोर्चाबाट दबाद दिन आबस्यक कदम चाल्नुपर्छ । चिन भित्र ताइवान, तिब्ब्त र अन्य रुपमा विवाद हुँदा हुँदै नेपालले एकचिन नितिलाइ प्रष्टरुपमा मान्नुपर्ने तर नेपालको भुमि भै सडक बनाइ पर्यटन रव्यापार प्रबर्द्धन गर्न भारतसङ्ग सम्झौता गर्दा नेपाल सङ्ग सोध्न वा छलफल गर्न नपर्नेरु
५० इन्डिया हरेक कुरामा अत्यन्त चलाखले प्रस्तूत हूने गरेको छ, सन्धि, सम्झौता गर्दा नै उ जहिले पनि माथी पर्ने गरि मात्र हस्ताक्षर गर्छ ।अन्तराष्ट्रिय नियम, कानुनको राम्रो अध्ययन गर्दछ । अब नेपालले यी सबैकुरालाइ ध्यान दिएर आफ्ना योजना र नीति बनाइ अगाडि बढ्नुको बिकल्प छैन । यसर्थ हिजोका गल्ती कमिकमजोरीहरुबाट पाठ सिकेर आफ्नो बिदेश नीति अत्यन्त प्रभावकारी बनाइ भूमी रक्षार्थ सरकारले काम गर्न ढिलो गर्नुहुन्न । जय नेपाल
मिति:२०७७-२-०६
निबेदक शिबहरि दाहाल हेटौंडा
-लेखक दाहाल नेपाल कम्युनिस्ट पार्टीका युवा नेता एवं सामाजिक अभियान्ता हुन् ।