रिया चक्रवर्तीलाई अदालतले दियो जमानत

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्तीलाई बम्बई हाईकोर्टबाट बुधबार जमानत मिलेको छ। तर रियाका भाइ शौविक चक्रवर्तीको जमानत अपिल भने अदालतले खारेज गरेको छ ।

यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका अनुसार रिया चक्रवर्तीको न्यायीक हिरासतको समय अक्टूबर २० सम्म बढाएको थियो ।

उनीहरुलाई सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा कथित ड्रग्स एंगलका विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो।

बम्बई हाईकोर्टले ग्रेटर मुम्बईभन्दा बाहिर जानका लागि रियाले अनुसन्धान अधिकृतलाई जानकारी दिनु पर्ने बताएको छ।

यसका साथै उनलाई आफ्नो पासपोर्ट बुझाउन भनिएको छ भने अदालतको आदेश बिना देशभन्दा बाहिर जान पाइने छैन।

अदालतले सुशान्त सिंहको घरमा काम गर्ने सैमुअल मिरान्डा र दिपेश सावन्तलाई पनि जमानत दिएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु