हेटौंडामा पुर्वी क्षेत्रका युवाहरुलाई खेल्न फुटसल निर्माण गरिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको पुर्वी क्षेत्रका युवाहरुलाई खेल्न सहज हुनेगरी फुटसल निर्माण गरिदिने वताउनुभएको छ । बुद्धयुवा क्लब हेटौंडा १७ हटियाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्दै मेयर महतले हेटौंडा–१५, १६, १७ र १८ नम्बरका युवाहरुलाई खेल्नका लागि सहज हुनेगरी फुटसल निर्माण गर्न लागिएको वताउनुभयो ।
फुटसल निर्माण गर्नका लागि तत्काल प्रकृया सुरु गर्ने मेयर महतको भनाई छ । यस क्षेत्रका युवाहरुलाई तत्काल खेल सुरु गर्नका लागि फुटबल, भलीबल, नेट लगायतका सामाग्री मेयर महतले हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा यस क्षेत्रका समाजसेवी कमल विष्ट, मेयरका राजनीतिक सल्लाहकार नरहरी महत, कानूनी सल्लाहकार मुकुन्द अधिकारी, विक्रम विष्ट लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम बुद्धयुवा क्लबका अध्यक्ष महेश लामाको अध्यक्षतामा भएको हो ।