सुरेश र अनिशा क्रस दुवाथलन सिरिजमा जिते

२५ पौष काठमाडौं । पुरुषतर्फ सुरेश भुजेल र महिलातर्फ अनिशा गुरुङ्ग कोभिड १९ पश्चात भएको पहिलो क्रस दुवाथलन सिरिजमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार नेपालको सवैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनेटका साथ भुजेल र ४३ः५४ मिनेटका साथ अनिशा पहिलो भएका हुन् ।

नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला विजयी खेलाडीले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।

टोखा सहरको गणेश स्थानदेखि चण्डेश्वरी सम्म २।५ किमि दौड, १० किमि साएक्लिङ्ग र १।५ किमि दौडको क्रस दुवाथलनको विजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं। २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।

स्थानीय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण बिश्वलाईनै अक्रान्त बनाइरहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियासिल बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्धेश्यले आयोजना गरिएको सिरिजमा पुरुषतर्फ प्रेम सिंह मोया ३७ः०८ मिनेट समयका साथ दोश्रो र आइतसिंह तामाङ्ग ३७ः१३ मिनेटका साथ तेश्रो भए ।

महिलातर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनेटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए । दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाइकको १५ सय बराबरको साइकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाइकको तर्फबाट १ हजार बराबरको साइकल मर्मतको भौचर प्राप्त गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*