विश्वमा एकै दिन १२ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाए

पुस २६ काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १२ हजार २४९ जना संक्रमितले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (आइतबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड ३९ हजार ६४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितमध्ये ६ करोड ४४ लाख ४४ हजार ३६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३६ लाख ६१ हजार ८७६ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८१ हजार ३५७ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ११२ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख दुई हजार ६५७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ४८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३२ हजार ६९, बेलायतमा ८० हजार ८६८, इटलीमा ७८ हजार ३९४, फ्रान्समा ६७ हजार ५९९, स्पेनमा ५१ हजार ८७४, इरानमा ५६ हजार १००, अर्जेन्टिनामा ४४ हजार ४१७, कोलम्बियामा ४५ हजार ७८४ तथा रसियामा ६१ हजार ३८१ जनाको मृत्यु भएको तथ्यांक छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*