जकार्ताबाट उडेको सवार विमान केही मिनेटमै दुर्घटना भएको आशंका
२६ पुस – ६२ यात्रु लिएर इन्डोनेशियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटमै श्रीविजया एयर बोइङ दुर्घटना भएको छ।
प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार जकार्ताबाट विमान उडेको केही मिनेटमै समुन्द्रमा खसेको थियो । प्रत्यक्षदर्शीले विस्फोटको आवाजसमेत सुनेको बताएका छन् । यता फ्लाइटरडारडटकमका अनुसार विमानले एक मिनेट भन्दा कम समयमा ३ हजार मिटर उचाई गुमाएको थियो ।
प्रत्यक्षदर्शीले विमान समुन्द्रमा खसेको बताए पनि यसका कुनै प्रमाण भेटिएको छैन । माछा मार्दै गरेका प्रत्यक्षदर्शीले विमान समुन्द्रमा विष्फोटको आवाजसहित खसेको बताएका हुन् ।
इन्डोनेसियाली अधिकारीले खोजी कार्य भइरहेको बताएका छन् । दुर्घटना भएको विमान २७ वर्ष पुरानो भएको बताइएको छ । २७ वर्ष पुरानो विमानले उडान गर्नुलाई आश्चर्य मान्नुपर्ने अवस्था नरहेको उड्यन क्षेत्रका जानकारले बताएका छन् ।