भारतमा इन्धनको माग चौथो महिनामा पनि वृद्धि
पुस २७,नयाँ दिल्ली- भारतमा इन्धनको माग लगातार चौथो महिनामा पनि वृद्धि भएको छ । आर्थिक गतिविधि पुनः सक्रिय हुन थालेपछि इन्धनको खपत डिसेम्बरमा ११ महिनाकै उच्च स्तरमा पुगेको छ ।
कोभिड–१९ को पूर्व स्तरको तुलनामा यो अझै २ प्रतिशतले कम हो । आपूर्ति मन्त्रालयको अस्थायी आंकडा अनुसार २०२० को डिसेम्बरमा पेट्रोलियमको उत्पादनको कुल माग वार्षिक मापनका आधारमा घटेर १.८५ करोड टन कायम भएको छ । १ वर्ष पहिले समान महिनामा यो १.८९ करोड टन थियो ।
सवारी साधन र व्यापारिक गतिविधि सुरु हुनाले डिसेम्बरमा इन्धनको खपत मासिक आाधारमा लगातार चौथो महिनामा वृद्धि भएको थियो । २०२० को नोभेम्बरमा इन्धनको खपत १.७८ करोड टन थियो ।
महामारी रोक्न लगाइएको अंकुशका कारण अप्रिलमा इन्धनको माग ४९ प्रतिशतले घटेको थियो । ६९ दिन सम्म राष्ट्रिय लकडाउनका कारण स्थानीय स्तर र राज्य स्तरमा पनि सबै गतिविधि ठप्प भएका थिए । पछि मात्रै खुकुलो बनाइएकाले आर्थिक लगायतका गतिविधिमा वृद्धि भएपछि इन्धनको मागमा पनि वृद्धि भएको हो ।