विदेशीले नेपालमा खर्च गरे २ अर्ब ३० करोड

पुस २९, काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म विदेशीले नेपालमा जम्मा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार विदेशीले नेपालमा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन्, यो रकम गएको वर्षको यसै अवधिको तुलनामा ३३ अर्ब रुपैयाँभन्दा धेरैले कम हो । अघिल्लो वर्षको पाँच महिनामा विदेशीले नेपालमा खर्च गरेबापत ३५ अर्ब ५६ करोड रुपैयाँ आय भएको थियो ।

पाँच महिनामा नेपालीले विदेशमा गर्ने खर्च भने ११ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो गएको वर्षको तुलनामा ६३ दशमलव ५ प्रतिशतले कमी हो । यसमध्ये शिक्षातर्फको खर्च नौ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ३१ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*