फोडिनको गोलमा म्यानचेस्टर सिटी विजयी
१ माघ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा ४४ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो ।
म्यानचेस्टर सिटी सबै प्रतियोगितामा परेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ । जितपछि तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ ।
लिग अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा टोटनह्याम फुलह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । टोटनह्यामका लागि २५ औँ मिनेटमा ह्यारी केनले गोल गरे भने फुलह्यामका लागि काभालेइरोले ७४ औँ मिनेटमा बराबरी गोल फर्काए ।