रियललाई २–१ गोल अन्तरले हराउँदै एथ्लेटिक फाइनलमा
२ माघ, काठमाडौं । रियल मड्रिडलाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एथ्लेटिकले रियललाई २–१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकलाई जित दिलाउन राहुल गार्काले दुई गोल गरे । उता रियलका लागि करिम बेन्जिमाले एक गोल गरे ।
खेलको १८औं मिनेटमा राहुलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा राहुलले व्याक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
खेलको ७३औं मिनेटमा रियलका लागि बेन्जिमाले गोल गरे पनि टिमको हारलाई भने टार्न सकेनन् । एथ्लेटिकले अब उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना र एथ्लेटिकबीचको फाइनल खेल १८ तारिखमा हुनेछ ।