महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुने

माघ २, काठमाडौँ– राष्ट्रिय महिला लिग माघ ७ गतेदेखि सुरू हुने भएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघले लिग सुरू हुने जानकारी दिएको हो। ७ टिमले प्रतिस्पर्धा गर्ने महिला लिगको उद्घाटन र समापन खेल दशरथ रंगशालामा हुनेछ भने लिगका अरु खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन्।

चन्द्रागिरि नगरपालिका, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, विराटनगर महानगरपालिका, वालिन नगरपालिका, चन्द्रपुल नगरपालिका र नेपाल पुलिस क्लबले लिग खेल्नेछन् । लिगको विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुने टिमले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुने टिमले ३ लाख पाउनेछ।

लिग खेल्ने हरेक टिमले २३ खेलाडी र ७ अफिसियल गरि ३० जनाको टिम हुनेछ। हरेक टिममा ४ जना विदेशी खेलाडी हुनेछन्। लिगको उत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन् भने उत्कृष्ट स्टाइकर, मिडफिल्डर, डिफेज्डर, गोलकिपर र प्रशिक्षकले ५० हजार पुरस्कार पाउनेछन्। यस्तै फेयरप्ले टिमले १ लाख ५० हजार पाउनेछ।

लिगमा सहभागी सातवटै टिमले तयारीका लागि १र१ लाख पाउनेछन् भने कोभिड रिलिफ फन्डबाट ५० हजार पाउनेछन्। लिगका दौरान कुनै खेलाडी वा अफिसियललाई कोरोना भाइरस देखिए आइसोलेसनको व्यवस्थापन एन्फाले गर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*