सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को ज्यान गयो
माघ ६, काठमाण्डौ – भारतको गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचार क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीकाअनुसार ज्यान गुमाउने सबै मजदुर राजस्थानको बांसवाडा जिल्लाका हुन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।
उखु लोड गरेको ट्र्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको भारतीय प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुईरदुई लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
यस्तै, गुजरातका मुख्यमन्त्री विजय रुपाणिले पनि पीडित परिवारलाई दुईरदुई लाख रुपैयाँ दिने बताउनु भएको छ ।