बार्सिलोना तेस्रो स्थानमा उक्लियो, इल्चेलाई २–० गोलले पराजित
माघ १२–स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई २–० गोलले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा डे जोङले खेलको ३९ मिनेटमा पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा रिक्वुइ पुइगले दोस्रो गोल गरे। उनले डे जोङको पासमा गोल गरेका थिए।
यता लिगको शीर्ष टिम एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–१ गोलले हराएको छ।खेलको ११ मिनेटमा राकिकको गोलबाट भ्यालेन्सियाले अग्रता लिएको थियो। २३ मिनेटमा एट्लेटिकोका जोआओ फेलिक्सले बराबरी गोल फर्काए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५४ मिनेटमा सुआरेजले गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। ७२ मिनेटमा एट्लेटिकोका कोरिआले तेस्रो गोल गरेका थिए। अंक तालिकामा एट्लेटिको १८ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा छ।
दोस्रो स्थानको रियल म्याड्रिडको १९ खेलबाट ४० अंक छ भने तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको समान खेलबाट ३७ अंक रहेको छ।