एपीएफद्वारा त्रिभुवन आर्मीलाई २४१ रनको लक्ष्य प्रस्तुत

माघ १२– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ४१ रनको लक्ष्य दिएको छ।

आज भइरहेको दुई विभागीय टोलीबीचको खेलमा आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिएपछि एपीएफ २ सय ४० रनमा समेटिएको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे एपीएफले ४९ दशमलव ४ ओभरमा २ सय ४० रन जोड्दा अलआउट भयो।

विभागीय डर्बीमा भएको खेलमा दुवै टोली समुह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने योजनामा छन्।अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोली अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाउन चाहन्छन्।

एपीएफका सुमित महर्जनले ४६ रनको योगदान गरे। ६८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हाने। सुवास खकुरेल ३८ रनको योगदान दिए। बलको सामना गरेका खबुरेलले ६ चौका हाने। कप्तान शरद भेषावकर २४ रन जोड्दा एलबीडब्लु धरापमा परे। ५९ बलको सामना गरेका भेषावकरले २ चौका हाने। सन्दीप जोराले २, अमर रौटेला २६, वसन्त रेग्मी २० र आशिफ शेखले ७ रन जोडे।

आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिए। ९ दशमलव ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६० रन दिए। शाहब आलमले २ तथा सुसान भारी, विक्रम शोब र आकाश चन्दले समान १ विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*