हेटौंडामा यहि १६ गतेबाट गोल्डकप प्रतियोगिता
१२ माघ, हेटौंडा । यही माघ १६ गतेबाट २३ गतेसम्म एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
गोल्डकप फुटबल प्रतियोगिता हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको हो । माघ २३ गतेबाट हेटौंडा१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने भनिएको उक्त गोल्डकप विद्यार्थीको परीक्षाका कारण १६ गतेबाट गर्नु परेको आयोजक विजय युथ क्लबले जनाएको छ ।
शुक्रबार माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुर बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।