राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
माघ १५, २०७७ –राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल हुँदै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपािलका रौतहट खेल्दै छन्। बिहान साढे ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ। लिगमा अहिलेसम्म दुवै टोली जितविहीन छन्।
वालिङले दुई खेलमा बराबरी र १ मा हार भोग्दै अंकतालिकामा २ अंक जोडेको छ। चौदण्डीगढीले दुवै खेलमा हार भोग्दै अंक विहिन हुँदै तालिकाको पुछारमा छ। आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे २ बजे हुनेछ।
पुलिस पहिलो जितको खोजीमा हुँदा लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिने योजनामा छ। एपीएफले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ। १ खेलमा हार र २ खेलमा बराबरी गरेको पुलिस क्लब ५ अंकमा तालिकाको दोस्रो स्थानमा छ।