इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड

माघ १६, काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड भएको छ।

माघको पहिलो साता सर्वसाधारणको लागि निष्काशन गरिएको सेयर ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै पाएका छन्। बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धन एनआइबिएल एस क्यापिटलको कार्यालयमा शुक्रबार कार्यक्रम आयोजना गरेर सेयर बाँडफाड भएको हो।

क्यापिटलका अनुसार यो आइपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्। क्यापिटलका अनुसार १० देखि ५० कित्ता सेयर माग गर्नेलाई माग अनुसार नै सेयर वितरण भएको छ। यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।

आइपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनयोग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*