हेटौंडा गोल्डकप – आज दुई क्लबबीच प्रतिस्पर्धा हुँदै

माघ १७, हेटौंडा । शुक्रबारबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु भएको ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ ।

पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्ती बिच हुने आयोजक विजय युथ क्लबले जनाएको छ । खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । यसैगरि दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुली बिच हुने आयोजकले जनाएको छ । खेल दिउँसो ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

शुब्रबार भएको उद्घाटनखेलमा सेन्ट्रल कलेज विएसी भरतपुर विजयी भएको थियो । मकवानपुर-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै कलेज विजयी भएको हो । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*