हेटौंडा गोल्डकपः आज पनि दुई क्लबबिच प्रतिस्पर्धा हुने

माघ १८, हेटौंडा । हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ ।

आज पहिलो खेल १ बजे एफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबबिच हुने आयोजक एफसी विजय युथ क्लबले जनाएको छ । यसैगरि दोस्रो खेल ३ बजे सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुनेछ।

शनिबार भएको दुई खेलमा हर्दि र दुधौली स्पोर्टस क्लब विजयी भएका थिए । शनिबार सम्पन्न भएको पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै हर्दि युवा समाज राप्ती विजयी भएको थियो ।

त्यसैगरी शनिबार सम्पन्न दोस्रो खेलमा दुधौली स्पोर्टस् क्लब विजयी थियो । दुबै टिम खेल निर्धारित समयमा १–१ गोलको बराबरी रोकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकर वीरगञ्ज युथ एकेडेमीलाई ४-२ गोल अन्तरले पराजित गर्दै दुधौली स्पोर्टस् क्लब विजयी बनेको हो।

प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*