हेटौंडा गोल्डकपः सिन्धुली र सर्लाही सेमिफाईनल प्रवेशका लागि भिड्दै
माघ १९, हेटौंडा । हेटौंडा१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज एक खेल हुने भएको छ ।
आज सेमिफाईनल प्रवेशका लागि दुधौली स्पोर्टस क्लब,सिन्धुली र बागमती युवा क्लब सर्लाही खेल्ने छन् । खेल ३ बजे बाट सुरु हुने आयोजक एफसी विजय युथ क्लबका अध्यक्ष सुदिप राजबहाकले जानकारी दिए ।
आज विजयी हुने टिमले आयोजक एफसी विजय युथ क्लब हेटौंडासंग सेमिफाईनलमा भिड्ने छ । आईतबार भएको दोस्रो खेलमा आयोजक एफसी विजय युथ क्लबले सर्लाही फुटबल संघको टिमलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।