हेटौंडा गोल्डकप फाईनल प्रवेशका लागि आज राप्ती र भरतपुर भिड्दै
माघ २०, हेटौंडा । हेटौंडा–१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज फाईनल प्रवेशका लागि हर्दि युवा समाज,राप्ती र सेन्ट्रल कलेज विएसी,भरतपुरबीच खेल हुने भएको छ ।
माघ १६ गतेबाट सुरु भएको गोल्डकपमा सेन्ट्रल कलेज विएसीले उद्घाटन खेलमा मकवानपुर -११ लाई हराएर विजयी सुरुवात गरेको थियो यसैगरि दोस्रो खेलमा कलेजले बाई पाएको एफसी रियाले काठमाण्डौलाई हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको थियो । यता बाई पाएको हर्दि युवा समाज,राप्तीले बाई पाएको वीरगञ्ज युनाइटेड हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको थियो ।
आज हुने हर्दि र सेन्ट्रल कलेजको पहिलो सेमिफाईनल खेल दिउँसो २ बजे हुने आयोजक एफसी विजय युथ क्लबले जनाएको छ । यसैगरि भोलि दोस्रो सेमिफाईनल खेल आयोजक टिम एफसी विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच हुने छ । बाई पाएको आयोजक टिम एफसी विजय युथ क्लबले आईतबार सर्लाही जिल्ला फुटबल संघलाई हराउँदै सेमिफाईनल खेलको लागि स्थान बनाएको थियो ।
यसैगरि बाई पाएको बागमती युवा क्लब सर्लाहीले सोमबार दुधौली स्पोर्टस क्लब,सिन्धुली २-० गोल अन्तरले हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको छ । भोली दोस्रो सेमिफाईन खेल दिउँसो २ बजे हुने एफसी विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
माघ २०, हेटौंडा । हेटौंडा–१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज फाईनल प्रवेशका लागि हर्दि युवा समाज,राप्ती र सेन्ट्रल कलेज विएसी,भरतपुरबीच खेल हुने भएको छ । माघ १६ गतेबाट सुरु भएको गोल्डकपमा सेन्ट्रल कलेज विएसीले उद्घाटन खेलमा मकवानपुर११ लाई हराएर विजयी सुरुवात गरेको थियो । यसैगरि दोस्रो खेलमा कलेजले बाई पाएको एफसी रियाले काठमाण्डौलाई हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको थियो ।
यता बाई पाएको हर्दि युवा समाज,राप्तीले बाई पाएको वीरगञ्ज युनाइटेड हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको थियो । आज हुने हर्दि र सेन्ट्रल कलेजको पहिलो सेमिफाईनल खेल दिउँसो २ बजे हुने आयोजक एफसी विजय युथ क्लबले जनाएको छ । यसैगरि भोलि दोस्रो सेमिफाईनल खेल आयोजक टिम एफसी विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच हुने छ । बाई पाएको आयोजक टिम एफसी विजय युथ क्लबले आईतबार सर्लाही जिल्ला फुटबल संघलाई हराउँदै सेमिफाईनल खेलको लागि स्थान बनाएको थियो ।
यसैगरि बाई पाएको बागमती युवा क्लब सर्लाहीले सोमबार दुधौली स्पोर्टस क्लब,सिन्धुली २-० गोल अन्तरले हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको छ । भोली दोस्रो सेमिफाईन खेल दिउँसो २ बजे हुने एफसी विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।