भोलि हेटौंडा र भरतपुर उपाधीका लागि भिड्ने

माघ २२,हेटौंडा । हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा उपाधीका लागि आयोजक टिम एफसी विजय युथ क्लब,हेटौंडा र सेन्ट्रल कलेज विएसी,भरतपुर भिड्ने भएका छन् ।

बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक टिम विजय युथ क्लबले बागमती युवा क्लब, सर्लाहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । भोलि दिउँसो २ बजे हुने फाईनल खेलमा उपाधीका लागि एफसी विजय युथ क्लब,हेटौंडा र सेन्ट्रल कलेज विएसी,भरतपुर खेल्ने छन् ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा हर्दि युवा समाज,राप्तीलाई १-० गोल अन्तर पराजित गर्दै सेन्ट्रल कलेज फाईनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*