अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने
माघ २६, काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ ।
एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले यस्तो बताउनुभएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ ।
यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविकसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छु– राष्ट्रपति बाइडेनले भन्नुभयो ।
अमेरिकाको सीबीएस न्यूजलाई शुक्रवार दिएको अन्तरवार्तामा उहाँले यस कुरामा जोड दिनुभएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गएको शनिवार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउनुभएको थियो ।
त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताउनुभएको थियो ।