कुवेतमा कामदार बेचविखनको आरोपमा ७ नेपाली महिला पक्राउ

माघ २९, दोहा – कुवेतमा ७ नेपाली महिला पक्राउ परेका छन् । उनीहरुलाई नक्कली कार्यालय खोलेर अबैधानिक रुपमा काम गरेको आरोपमा कुवेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोप छ ।

अरब टाइम्सका अनुसार घरेलु महिला कामदारको रुपमा कुवेत पुगेका उनीहरु भागेर अबैधानिक भई बसेका थिए । उनीहरुलाई कुवेत प्रहरीले मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*