मकवानपुरको बाग्मतीमा सोनाम ल्होछार विशेष कार्यक्रम
मकवानपुर, माघ ३०– मकवानपुरको बाग्मती गाउँपालिका ८ मा रहेको जनकल्याण युवा क्लबले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि २८५७ औं म्हे ल्हो सोनाम ल्होछार मनाएको छ । युवा क्लबका अध्यक्ष विवेक गोलेको सभाध्यक्षता तथा बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो कार्यक्रमको उद्घाटन गर्दै बागमती गाउँपालिकाका अध्यक्ष घलानले तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा शुभकामना दिनु भएको छ । उहाँले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने ल्होछारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । घलानले संसार भरी छरिएर रहेको सम्पुर्ण तामाङहरु एक हुनु जरुरी रहेको बताउनु भयो । तामाङ भाषा, धर्म र संस्कृतीको जगेर्ना गर्नु आवश्यकता रहेको भन्दै अब गाउँपालिकाले तामाङ भाषा सम्बन्धी लिपि पढाउने समेत बताउयनु भयो । उहाँले भन्नुभयो,“पद जादा फरक पर्दैनन् तर जनताले अधिकार पाउनु परो,यसको विरुद्ध हामी लड्न तयार छौँ ।”
नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला सचिवलय सदस्य अरुण बलले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पार्नुभयो । उहाँले संस्कृतिलाई जोगाउनु आजको आवश्यकता रहेको भन्र्दै तामाङ भाषा र लिपिको खोजी गर्नु पर्नेमा जोड दिनु भयो । वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर योञ्जनले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै धर्म र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले तामाङहरु समेत आफ्नो पहिचान खोज्ने काम गरिरहेको भन्दै अब सबै एक भएर तामाङको पहिचान खोज्नु पर्नेमा जोड दिनु भयो ।
तामाङ संस्कृती झल्कने भेष र पोषाकमा उपस्थित दर्शकलाई स्थानिय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक विशाल काल्तान, ले ल्होछार, मादलै बज्यो, मेरो स्टायल, गादे जेबा र ढल्कियो जोवन जस्ता आधा दर्जन गीतहरु गाएर र्दशकलाई तताएका थिए भने चर्चिच गायिका जितु लोप्चन, गायक मनोज बल,हावा लामा लगायत स्थानीय कलाकारहरूको समेत भव्य प्रस्तुति रहेको थियो । सो कार्यक्रममा विभिन्न राजनितीक प्रतिनिधिहरु,समाजसेवी,बुद्धीजिबि लगाएत छिमेकी गाउँपालिका बकैया,हरिहरपुरी गढि गाउँपालिका लगायतका दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आफ्नो कला संस्कृतिलाई जोगाई पहिचानको रक्षा गर्ने उद्देश्यले आयोजना गरेको क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति विवेक गोलेले बताउनु भयो । उहाँले उपस्थित सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।