८ हजारको बर्गर खान ३ लाख खर्च

फागुन २– जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ ।

रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् ।ती रुसी अर्बपतिले केवल बर्गर खानका लागि रेष्टुरेन्टसम्म पुग्न हेलिकप्टर नै चढेर गए र त्यसक्रममा झण्डै ३ लाख रुपैयाँ बराबरको रकम खर्च गरे ।

बर्गर खानका लागि म्याकडोनाल्ड रेष्टुरेन्टसम्म पुग्नका लागि उनले हेलिकप्टर नै बुकिङ गरेका थिए । ३३ वर्षीय भिक्टर मार्टिनोभ नामका ती व्यक्ति आफ्नी प्रेमिकासँगै क्रिमियाको अलुस्थामा छुट्टी मनाइरहेका थिए । उनलाई क्रिमियाको स्थानीय खाना खासै मन परेन र म्याकडोनाल्डको बर्गर खाने इच्छा जाग्यो ।

तर त्यहाँ नजिक म्याकडोनाल्ड थिएन । सबैभन्दा नजिकको म्याकडोनाल्ड रेष्टुरेन्ट नै ३ सय ६२ किलोमिटर टाढा थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले हेलिकप्टर कम्पनीसँग हेलिकप्टर बुकिङ गराए र हेलिकप्टर चढेरै प्रेमिकासँग बर्गर खान म्याकडोनाल्ड रेष्टुरेन्टमा पुगे ।

समाचार अनुसार मार्टिनोभ र उनकी प्रेमिकाले म्याकडोनाल्डमा बर्गरसहित कुल ४९ पाउण्ड अर्थात् झण्डै ८ हजार रुपैयाँ बराबरको खानेकुरा खाए । तर ८ हजार रुपैयाँको बर्गर खानका लागि उनले २ हजार पाउण्ड अर्थात् झण्डै ३ लाख २० हजार रुपैयाँ हेलिकप्टर यात्रामा खर्च गरे ।

स्मरण रहोस् भिक्टर मार्टिनोभ मस्कोस्थित एक कम्पनीका सीईओ हुन् जसले हेलिकप्टर बिक्रि गर्दछ । उक्त घटनाका विषयमा उनी आफैले सोसल मिडियामा एक भिडियो अपलोड गरेर खुलासा गरेका छन् । त्यसमा उनले भनेका छन्, ‘म र मेरी प्रेमिका क्रिमियाको स्थानीय अर्गानिक खाना खाएर अघाएका थियौँ । हामीलाई सामान्य मेक्सिकन खाना खाने इच्छा थियो ।

त्यसका लागि हामीले एक हेलिकप्टर लियौँ र क्रास्नोडारका लागि उडान भर्यौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*