आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस
फागुन २, काठमाडौं । आज नेपालसहित विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ ।
हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन मनाइने प्रेम दिवसलाई नेपालमा पनि युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।
यो दिन प्रेमिप्रेमिकाले एकअर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आ–आफ्नो प्रेमी–प्रमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्ने गरिन्छ ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।