पुरुषहरुमा मर्दपना हराएकोमा चीनको चिन्ता, जारी गर्‍यो यस्तो सूचना !

फागुन ३– चीनको शिक्षा मन्त्रालयको तर्फबाट जारी भएको एक सूचनालाई लिएर चिनियाँहरु खुसी देखिएका छैनन् । उक्त सूचनामा चिनियाँ युवाहरु ‘आइमाई जस्तै बन्दै गएको’ टिप्पणी गरिएको छ ।

केही अनलाइन प्रयोगकर्ताहरुले उक्त सूचनालाई यौनभेदी टिप्पणी भन्दै आलोचना गरेका छन् । कतिपयको आरोप यो छ कि यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरु आंशिकरुपमा जिम्मेवार छन् ।चीन सरकारले यस्तो विषयमा चिन्ता व्यक्त गर्दै भनेको छ कि देशका लोकप्रिय पुरुष मोडलहरु सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट छैनन् ।

यहाँसम्म कि राष्ट्रपति शी जिनपिङ, जो आफैमा फुटबल खेलाडि पनि हुन्, उनी समेत देशमा राम्रा खेलाडि उत्पादन होउन् भन्ने चाहन्छन् । त्यसैले अघिल्लो हप्ता शिक्षा मन्त्रालयले एक सूचना जारी गर्यो जसमा सरकारको उद्धेश्य प्रष्टरुपमा व्यक्त गरिएको छ । किशोरावस्थाका केटाहरुमा ‘केटीजस्तै’ हुने प्रवृत्ति रोक्नका लागि उक्त सूचनामा शारीरिक शिक्षामा सुधार गर्ने कुरा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै शिक्षकहरुको बहालीलाई समेत दुरुस्त गर्ने विषयमा जोड दिइएको छ ।

सरकारी सूचनामा सन्यास लिइसकेका खेलाडी तथा खेलकूदको पृष्ठभूमिमा रहेका मानिसहरुलाई शिक्षकको रुपमा भर्ना गर्नुपर्ने सल्लाह समेत दिइएको छ । छात्रहरुमा मर्दपना जागृत गराउनका लागि फुटबल जस्ता खेलमा विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

चीनमा मिडियाहरुलाई सामाजिक रुपले जिम्मेवार र नितान्त स्वच्छ छवि भएका स्टारहरुको मात्र समाचार पस्किने इजाजत हुने अवस्थामा सरकारको यस्तो फैसला यस दिशमा अहम कदम मानिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*