इन्टर मिलान सिरी ए फुटबलको शीर्ष स्थानमा
फागुन ३, एजेन्सी – लाजियोमाथि सहज जित दर्ता गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ ।
इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । समान २२ खेलबाट इन्टरको ५० तथा मिलानको ४९ अंक छ । पराजित लाजियो ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
घरेलु मैदान मिलानको इटालीमा आइतबार राति भएको खेलमा मिलानको जितमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले दुई तथा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । लाजियोका सेरगेज मिलिन्कोभिक साभिककोको गोल सान्त्वना बन्यो ।खेलको २२औं मिनेटमा इन्टरले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । लोउटारो मार्टिनेजलाई पेनाल्टी बक्समा होएडिटले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी दिएको थियो । जसमा लुकाकु चुकेनन् ।
४५औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६१औं मिनेटमा सेरगेज मिलिन्कोभिक साभिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर ६४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–१ को सहज जित दिलाए ।