चीन र भारत बीचको सीमाको हेलिप्याड हटाइयो

हेटौंडा, फागुन ४ – गएको वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो ।

चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको  उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको थियो ।

सहमतिपछि दुवै देशका सैनिक पुरानै ठाउँमा फर्कन थालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*