चिनियाँ राष्ट्रपति चिनफिङलले भारत भ्रमण गर्ने

११ फागुन, काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ । यस अगाडि सन् २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*