अब तीन ठाउँबाट मात्रै हेर्न पाइने आईपीओको नतिजा

फागुन १३, काठमाण्डौ – प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेको थियो ।

गुनासोको सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ । अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् ।

यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । भोलि (शुक्रबार) बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुने छ । तर मेरो शेयरको वेबसाइट र मोबाइल एपमा समस्या हुँदा छिटो र भरपर्दो जानकारी पाउन समस्या हुने गरेको गुनासो बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*