पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, फागुन १८ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकै सातमै दुई पटक बढाएको छ। निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले गत फागुन ४ गते मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाएको छ। यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको छ।

अब पेट्रोल प्रतिलिटर एक सय १६ रुपैयाँ र डिजेल तथा मटितेल ९९ रुपैयाँ पर्ने छ भने हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ र आन्तर्राष्ट्रिय उडानतर्फको प्रति किलोलिटर मूल्य ८९३ अमेरिकी डलर पर्ने छ। अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पोरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*