हेटौंडामा फुटबल र भलिबल प्रतियोगिता, हेटौंडाका १९ वटा वडा बिच प्रतिस्पर्धा

फागुन २०, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बिभीन्न विकास निर्माणका काम संगै खेल क्षेत्रमा पनि उच्च प्राथमिकता दिएको छ ।

अहिले उपमहानगरपालिकाकै लगानीमा हेटौंडाको हुप्राचौरमा मेयर कप फुटबल प्रतियोगिता र भलिबल प्रतियोगिता भइरहेको छ । यो प्रतियोगितामा हेटौंडाका १९ वटा वडाका खेलाडी बिच प्रतिस्पर्धा भइरहेको छ ।

यो दुबै प्रतियोगिताबाट जिल्ला स्तरको खेल र राष्ट्रिय स्तरको खेलकुदका लागि नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । यो दुइवटा प्रतियोगिताबाट खेलाडी बिचको प्रतिस्पर्धा मात्र होइन ।

वडा अध्यक्ष, वडा सदस्य, वडाका वासिन्दाहरुका बिचमा पनि प्रतिस्पर्धा जस्तो देखिएको छ । हुप्राचौरमा फुटबल र भलिबल प्रतियोगिता सुरु हुनु भन्दा पहिले देखिनै वडा स्तरमा खेल खेल्ने, नजानेकाले सिक्ने र प्रतियोगितामा भाग लिने भएकाले यसको महत्व धेरै रहेको मेयर महतले वताउनुभयो ।

हेटौंडाको वडा वडामा अहिले खेलकुदका पुर्वाधार निर्माण संगै खेल प्रतियोगिताले समेत प्राथमिकता पाएका छन् । मेयर कप फुटबलमा पुरुषको बिच मात्र भए पनि भलिबल प्रतियोगितामा महिलाले समेत भाग लिएका छन् । अब पुरुष संगै महिला खेलाडी समेत उत्पादन गर्नका लागि आफुहरु लागिपरेको मेयर महतले वताउनुभयो ।

बिगतका वर्षहरु देखिनै उपमहानगरपालिकाको सहयोगमा भलिबल र फुटबल प्रतियोगिता हेटौंडाको हुप्राचौरमा भइरहेको छ । मकवानपुरका अरु स्थानीय तहको तुलनामा हेटौंडामा खेलक्षेत्रमा अली धेरै रकम छुट्याएर प्रतियोगिता र पूर्वाधार निर्माण हुने गरेका छन् । दुबै प्रतियोगितामा वडा स्तरबाट आएका खेलाडीहरुले आफुहरु जित्नका लागि प्रयत्न गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*