हेटौंडामा ५० हजार घुससहित इन्जिनियर पक्राउ
फागुन २१, हेटौंडा । हेटौंडामा बागमती प्रदेशको पर्यटन विकास आयोजनाका सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ परेका छन् पक्राउ पर्नेमा आयोजनाका सव–इन्जिनियर नेत्र लामिछाने रहेका छन् ।
उनलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा चलाइने अख्तियारले जनाएको छ।